Dhulikhel Eco Banner new

बीमा शूल्क बढेपनि बढ्न सकेन शिखर इन्स्योरेन्सको नाफा

6.19K
shares

काठमाडौं, ३० वैशाख । शिखर इन्स्योरेन्स लिमिटेडको नाफामा गिरावट आएको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ६.५२ प्रतिशतले घटेको हो ।

समीक्षा अवधिमा इन्स्योरेन्सका खुद बीमाशुल्क बढे पनि नाफामा भने गिरावट आएको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको बीमा शुल्क ९.२९ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्ब १३ करोड रुपैयाँ रहेको इन्स्योरेन्सको खुद बीमाशुल्क, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर १ अर्ब २३ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीले चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा ३४ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको चैत मसान्तसम्म ३६ करोड ७० लाख रुपैयाँ नाफा कमाएको थियो । नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि घटेको छ । चैत मसान्तसम्ममा कम्पनीको यस्तो आम्दानी १० रुपैयाँ ६० पैसा घटेर १७ रुपैयाँ २३ पैसामा झरेको छ । इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १८९ रुपैयाँ १७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४१.९५ गुणा रहेको छ ।