Dhulikhel Eco Banner new

अभियान लघुवित्त वित्तीय ऋणात्मक

6.44K
shares

काठमाडौं, ४ जेठ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अवधिमा अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ऋणात्मक देखिएको छ । लघुवित्तकको नाफा गत वर्षको चैत मसान्तसम्मकोभन्दा चालू आर्थिक वर्षको सोही अवधिमा १ करो २१ लाख रुपैयाँ ८० हजार रुपैयाँले ऋणात्मक देखिएको हो ।

समीक्षा अवधिमा गत वर्ष लघुवित्तले १ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालू आर्थिक वर्षमा खुद ब्याज आम्दानी र अन्य सञ्चालन आम्दानी घटेसँगै लघुवित्तको खुद नाफामा प्रभाव परेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १८.२६ प्रतिशत घटेको छ भने अन्य सञ्चालन आम्दानी २०.०४ प्रतिशत घटेको छ ।

त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी १८.९९ प्रतिशत घटेको छ । लघुवित्तको निष्क्रिय कर्जा ०.४५ प्रतिशतबाट बढेर ४.६१ प्रतिशत पुगेसँगै सम्भावित जोखिम बापत ९ करोड २१ लाख रुपैयाँ व्यवस्था गरेसँगै सञ्चालन मुनाफा १२ करोड ४२ लाख रुपैयाँ ऋणात्मक हुन पुगेको छ ।