सुनलाई अनुत्पादक क्षेत्र भन्नै मिल्दैन : अध्यक्ष शाक्य (भिडियो सहित)
वि.सं.२०८० जेठ ४ बिहीवार १०:४१
shares

काठमाडौं, ४ जेठ । नेपाल सुनचाँदी व्यवसायी महसंघका अध्यक्ष माणिक रत्न शाक्यले सुनचाँदी अनुत्पादक क्षेत्र नभएको बताएका छन् । केटिएम भ्वाइससँगको कुराकानीका क्रममा अध्यक्ष शाक्यले सुनको मूल्य महंगो भए पनि यसमा गरिएको लगानीले कालान्तरमा फाइदा लिन सकिने भएकाले यसलाई अनुत्पादक क्षेत्र भन्न नमिल्ने बताएका हुन् ।
‘कुनै पनि वस्तु प्रयोग गरिसके पछि पनि त्यसको मूल्य बढ्ने भनेको सुन मात्रै हो तसर्थ सुनमा गरिएको लगानीलाई अनुत्पादक भन्न मिल्दैन,’ उनले भने । विदेशमा सुनमा पनि लगानी गर्ने चलन रहेको भन्दै नेपालमा पनि समृद्धि हासिल गर्नका लागि सुनमा लगानी गर्नु पर्ने उनको भनाइ छ । १० वर्ष पहिलेको मूल्यमा किनेको सुन अहिले बिक्री गर्दा अहिलेको रेटमा बिक्री हुन्छ । यस्तो अरु कुनै पनि सामानमा छ ? उनले प्रश्न गरे ।
सुन कुनै पनि परिवारको समृद्धिको आधार भएको उनको भनाइ छ । ‘सुन महंगो भएको मानिसले आवश्यक नभएसँम्म खरिद गर्दैन । खरिद गरेर प्रयोग गरिसकेपछि पनि सुनले मूल्य पाउँछ,’ उनले भने, ‘सुनचाँदी भनेको नदेखिने लगानीको क्षेत्र हो ।’ विलाशीता भनेको खर्च भएर जाने कुरा हो । तर सुन प्रयोग गरिसकेपछि पनि पुनः बिक्री गर्न सकिने उनले बताए ।



















