GBIME

७६ प्रतिशतले बढ्यो नबिल बैंकको नाफा, चुक्ता पुँजी २७ अर्ब ५ करोड

1.11K
shares

काठमाडौं, २१ साउन । नबिल बैंक लिमिटेडको खुद नाफा बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरणले यस्तो देखाएको छ ।

आर्थिक वर्ष २०७९/८० को तुलनामा बैंकको खुद नाफा ७६.८६ प्रतिशतले वृद्धि भएको छ । बैंकले आर्थिक वर्ष २०७९/८० मा ४ अर्ब २५ करोड आम्दानी गरेको थियो भने गत आवमा ७६ प्रतिशतले बढेर ७ अर्ब ५२ करोड आम्दानी गरेको छ ।

समिक्षा अवधिमा बैंकको ब्याज अघिल्लो वर्षको तुलनामा १०१.६३ प्रतिशतले वृद्धि भई १७ अर्ब ९८ करोड ३२ लाख ११ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा भने बैंकले ९ अर्ब ९१ करोड ब्याज आम्दानी गरेको थियो ।

बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड पुगेको छ भने बंैकको जगेडा कोषमा भने ३१ अर्ब ३ करोड रहेको छ ।