Dhulikhel Eco Banner new

एनआईसी एशिया लघुवित्तको घट्यो नाफा

6.25K
shares

काठमाडौं, २५ साउन । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

लघुवित्तले १२ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १८ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.८२ प्रतिशत कम हो ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। सोही अवधिमा कम्पनीको यस्तो आम्दानी ३ रुपैयाँ ५७ पैसा घटेर ७ रुपैयाँ ३१ पैसामा झरेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ १९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९६.४७ गुणा रहेको छ।

१ अर्ब ७३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब १८ करोड रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १६ अर्ब ६८ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट १५ अर्ब ९४ करोड कर्जा लगानी गरेको छ ।

लघुवित्तको वितरणयोग्य मुनाफा ४३ करोड ६० लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी २५ रुपैयाँ ७ पैसा रहेको छ।

लघुवित्तको खुद ब्याज आम्दानी ११.९२ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ६५.१९ प्रतिशत घटेको छ । लघुवित्तको कुल सञ्चालन आम्दानी ११.४४ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ४९.७१ प्रतिशत घटेको छ। लघुवित्तको खराब कर्जा भने समीक्षा अवधिमा ६.२७ प्रतिशतबाट बढेर ९.९२ प्रतिशत पुगेको छ।

याे पनि पढ्नुहाेस् : ८० लाख हिनामिनामा उपासना पौडेलको संलग्नता

यो पनि पढ्नुहोस् : कमजोर नेतृत्वले थलिदै हिमालयन रि, बीमा दावी दिन महाभारत !