Dhulikhel Eco Banner new

नारायणी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

4.84K
shares

काठमाडौं, २३ माघ । नारायणी विकास बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले ६५ हजार ६२८ कित्ता संस्थापक शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरीबिक्रीमा राखेको हो।

शेयर खरिद गर्न इच्छुक संस्थापकले आवश्यक कागजात सहित ३५ दिनभित्र चितवनको रत्ननगरस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

तोकिएको म्यादभित्र संस्थापकबाट शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा भने सो शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिने जनाएको छ।