यस्तो छ बुधवारका लागि विदेशी मुद्राको विनिमयदर
वि.सं.२०८१ माघ २३ बुधवार १०:२२
shares

काठमाडौं, २३ माघ । नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९.०२ रुपैयाँ र बिक्रीदर १३९.६२ रुपैयाँ कायम भएको छ। मंगलबारको तुलनामा डलरको भाउ घटेको हो।
युरोपियन युरो एकको खरिददर १४३.५२ रुपैयाँ र बिक्रीदर १४४.१४ रुपैयाँ, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७२.६० रुपैयाँ र बिक्रीदर १७३.३५ रुपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिददर १५२.९५ रुपैयाँ र बिक्रीदर १५३.६१ रुपैयाँ कायम गरिएको छ।
अस्ट्रेलियन डलर एकको खरिददर ८६.३२ रुपैयाँ र बिक्रीदर ८६.७० रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९६.३६ रुपैयाँ र बिक्रीदर ९६.७८ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०२.४९ रुपैयाँ र बिक्रीदर १०२.९३ रुपैयाँ निर्धारण गरिएको छ।
त्यसैगरी, जापानी येन १० को खरिददर ८.९६ रुपैयाँ र बिक्रीदर ८.९९ रुपैयाँनिर्धारण गरिएको छ ।



















