Dhulikhel Eco Banner new

केही नीति परिमार्जन गर्ने हो भने अर्थतन्त्रमा सुधार हुन्छ : वरिष्ठ उपाध्यक्ष ढकाल

5.17K
shares

काठमाडौं, १७ चैत । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र केन्द्रीय बैकले केही नीति परिमार्जन गरे संकटमा रहेको अर्थतन्त्रमा सुधार हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशको पद हस्तान्तरण समारोहलाई सम्वोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

‘यो समयमा हामी अत्यन्त संकटमा छौ । आर्थिक संकट केही हाम्रा सरकारी नीति, कोभिड र अन्तराष्ट्रिय घटनाक्रमका कारण उत्पन्न भएको हो । तर पछिल्ला केही समय रेमिटेन्स र पर्यटकको संख्या बढेको छ । यो समयमा सरकार र केन्द्रीय बैंकले केही नीति परिमार्जन गर्ने हो भने संकट सहज हुदै जान्छ,’ उनले भने । अहिलेको समय एकले अर्कालाई आरोप प्रत्यारोप गर्ने भन्दा पनि हातेमालो गरेर संटकबाट पार पाउने समय रहेको उनले बताए ।

बरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आबश्यक रहेको पनि बताए । पछिल्ला दिनमा केही परिमार्जन त भएको छ । रोजगारी सृजना गर्ने अर्थतन्त्रलाई चलायमान बनाउने प्रमुख एक शक्तिलाई नाफाखोरका रुपमा बुझ्नु गलत भएको उनको भनाइ छ । मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु उपस्थित कार्यक्रममा ढकालले भने ‘नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश सरकारसँग सहकार्य गरेर अघि बढ्न तयार छ तपाईहरुले वाताबरण बताउनु भयो भने ।’

वरिष्ठ उपाध्यक्षका तीनै जना उम्मेदबार योग्य र सक्षम रहेको उल्लेख गर्दे सबै प्रदेशको सहमतिको सन्देश बुझ्न पनि उनले आग्रह गरे । ‘बरु तीन बर्षबाट दुई बर्षे कार्यकाल बनाऔँ । तपाईहरु तीनै जना नेतृत्वमा पुग्न सक्नु हुन्छ तर यहि अबस्थामा अघि बढ्दा दुई जना सक्षम व्यक्ति बाहिरिनु पर्ने निश्चित छ,’ उनले भने ।