कालिका क्याम्पसका स्नातकतह बिबिएस अध्यनरत विद्यार्थीलाइ फाइनान्सियल करियर प्लानिङ्ग प्रशिक्षण
वि.सं.२०८२ पुस २४ बिहीवार ११:२०
shares

काठमाडौं, २४ पुस । मुलुकको प्रतिष्ठित शैक्षिक प्रतिष्ठान बुटवल कालिका क्याम्पसमा फाइनान्सियल तथा करियर प्लानिङ्ग प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
स्नातकतह बिबिएस अध्यनरत विद्यार्थीलाइ फाइनान्सियल तथा करियर प्लानिङ्ग सम्बन्धि प्रशिक्षण दिएको हो। प्रशिक्षणमा वित्तीय व्यवस्थापन कसरी गर्ने, वित्तीय योजना कसरी प्रभावकारी बनाउने र नेपाल मै अवसर कसरी खोजी गर्ने बारे प्रशिक्षण गरिएको थियो । ईमानदारपुर्वक गहिरिएर अध्यन गरि कुनै पनि उद्दमको क्षेत्रमा लगानी हाली समर्पित भए नेपाल मै सफल हुन सकिने बताइएको थियो।
साथै प्रशिक्षणमा बैक तथा वित्तीय संस्था सम्बन्धि जानकारी, बचत गर्ने, लगानीका योजना, शेयर कारोबार, मोबाइल बैकिङ, सुरक्षित डिजिटल बैकिङ कारोबार, प्रविधिको प्रयोग गर्दा ध्यान पुर्याउनु पर्ने बिषयहरु तथा प्रविधिको प्रयोगका सकारात्मक पक्षहरुका बारेमा सहजीकरण गरिएको थियो।
एनएमबि बैक मणिग्राम चारनम्बर शाखा प्रबन्धक समेत रहेका अर्थविश्लेषक एवं कार्यक्रम अर्थसम्बादका आर्थिक पत्रकार अर्जुन ज्ञवालीले विद्यार्थीहरुलाइ अध्यन सगै नेपाल भित्रका अवसर र सम्भावनाहरुको खोजी गरि उद्दमशिलताको शुरुआत, विकास र विस्तारमा बारे प्रशिक्षण दिएका थिए । उनले बैक तथा वित्तीय क्षेत्रमा प्रविधिको प्रयोग व्यापक रुपमा विस्तार भएकोले यसको उपयोग गरेर लाभान्वित हुन सकिने बताउदै यसको सुरक्षित प्रयोग सम्बन्धि सबैमा ज्ञान हुनुपर्ने बताए । उनले साइबर क्र्याइम, ह्याक, फर्डबाट जोगिन सबै सचेत हुनुपर्ने औल्याउँदै युवा विद्यार्थीहरु अझै चनाखो हुनुपर्ने उल्लेख्य गरे।
कार्यक्रममा बुटवल कालिका क्याम्पसका सहायक क्याम्पस प्रमुख महेश पाण्डे, बिबिएस संकाय संयोजक बुद्धराम चौधरी, प्राध्यापकहरु भुवन पाण्डे, विकास श्रेष्ठ, गुनाखर अर्याल लगायतको उपस्थित थियो ।
सहभागी विद्यार्थीहरुले करियर प्लानिङ्ग, फाइनान्सियल प्लानिङ्गका साथै वित्तीय तथा डिजिटल बैंकिङ्गको प्रयोग, फाइदा र सुरक्षीत रहने ज्ञान् हासिल गरेको बताएका थिए।















