Dhulikhel Eco Banner new

नेष्डो समृद्ध लघुवित्तमा कर्मचारी माग

2.39K
shares

काठमाडौं, २२ जेठ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको छ । संस्थाले स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गर्दै विज्ञापन नम्बर २१\२०८२\८३ अन्तर्गत कनिष्ठ सहायक पदमा कर्मचारी माग गरेको हो ।

कम्पनिका अनुसार उक्त पदका लागि आवेदन दिने उम्मेदवारले एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । साथै बैंक तथा वित्तीय संस्थामा कम्तीमा ६ महिनाको कार्यानुभव अनिवार्य रूपमा आवश्यक रहेको छ।

इच्छुक नेपाली नागरिकहरूले आफ्नो व्यक्तिगत विवरण, नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, कार्यानुभवको प्रमाणपत्रको प्रतिलिपि तथा हालसालै खिचिएको पासपोर्ट साइजको फोटोसहित आवेदन दिन सक्नेछन् । आवेदन संस्थाको इमेल ठेगानामा पठाउनुपर्ने जनाइएको छ ।

उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला उम्मेदवारका हकमा भने अधिकतम उमेर हदमा ५ वर्ष थप छुट प्रदान गरिएको संस्थाले जनाएको छ।