GBIME

सडकदेखि पालिका भवनसम्म काला स्टिकर, जुहारीका बीच होला कि रोकिएला मेला ?

1.64K
shares

दाङ, ८ मंसिर । कालो स्टिकर, त्यसभित्र लेखिएको छ– ‘हामीलाई गरिखान देऊ, स्थानीय सरकार ! अनि गोलो घेराभित्र लेखिएको छ, नो मेला ।’ हिजोआज दाङको तुलसीपुर बजार पुग्नेहरुले चोक, सडक छेउका पोल, पसलका भित्तालगायतका ठाउँहरुमा टाँसिएका यस्ता स्टिकरहरु देख्न पाउँछन् । त्यतिमात्र हैन यस्ता स्टिकर तुलसीपुर उपमहानगरपालिका कार्यालय भवनको प्रवेशद्वार, वरपरका भित्ता र पिलरहरुमा पनि टाँसिएका छन् ।

यी स्टिकरहरु तुलसीपुरमा मंसिर १५ देखि युथ अफ तुलसीपुर, दाङले सञ्चालन गर्न थालेको मेला लक्षित हुन् । जसको तुलसीपुर उद्योग वाणिज्य संघले विरोध गर्दै आएको छ । बजारमा देखिने यी स्टिकरहरु उवासंघले कर्मचारी खटाएर टाँस्न लगाएको हो । यो विषयमा व्यवसायीहरु जानकार छैनन् ।

व्यवसायीहरु कसैको विरोध गर्ने भन्दा पनि आफ्नो व्यावसायिक अधिकार सुरक्षित होस् भन्ने चाहन्छन् । ‘मेला महोत्सवले खास गरी फेन्सी व्यवसायलाई प्रभाव पर्छ । यसको मतलब मेला नै नलगाउने भनेको हैन । मेला फागुन/चैततिर लगाउँदा व्यवसायीहरु पनि कम मर्कामा पर्छन् ।

स्थानीय व्यवसायीलाई पनि मर्का नपर्ने गरी कुन निकायले कुन समयमा र कुन प्रयोजनको मेला लगाउन पाउने भन्ने स्थानीय सरकारले यथाशीघ्र कार्यविधि तयार गर्नुपर्ने हो तर त्यसो हुन सकेको छैन’– व्यवसायी अमर लामिछाने भन्नुहुन्छ– ‘सरकारको काम व्यवसायीसँग कर असुल्ने मात्रै त हैन होला नि ? कर लिएपछि व्यवसायीको व्यावसायिक सुरक्षाको सवालमा सोच्नुपर्छ कि पर्दैन ? गत वर्ष चेम्बर अफ कमर्सले मेला लगाउँदा विवाद भयो । स्थानीय सरकारले तत्काल कार्यविधि तयार गर्ने सहमति भएपछि मेला सञ्चालन भएको थियो तर हालसम्म पनि कार्यविधि तयार भएन । व्यवसायीको पक्षमा स्थानीय सरकार खासै जिम्मेवार देखिएन ।’

‘मेला सञ्चालन गर्न नियमानुसार अनुमति दिनुहुन सिफारिस गरिएको व्यहोरा अनुरोध छ’ भनी तुलसीपुर उपमहानगरपालिकाले गत साउन १ गते पठाएको पत्रमा प्रमुख जिल्ला अधिकारीले शर्तहरु राखी अनुमति दिने भनी तोकादेश गर्नुभएको छ । गत कार्तिक १४ गते तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ को कार्यालयले मेलाको मनोरञ्जन करवापत भनेर एक लाख रुपैयाँ कर पनि लिइसकेको छ । यसैका आधारमा मेलाको भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

आफूहरु आधिकारिकरुपमा बलियो भएकोले मेला तोकिएकै समयमा सञ्चालन हुने मेला आयोजक समितिका संयोजक अरुण लहरे दाबी गर्छ । यद्यपी जिल्ला प्रशासन कार्यालय दाङले मेला सञ्चालनका लागि अनुमति नदिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी बताउनुहुन्छ । उनी भन्छन्– ‘तुलसीपुर क्षेत्रमै समन्वय गरेर मेला लगाउन थालेको भए हामीलाई जानकारी भएन तर जिल्ला प्रशासन कार्यालयबाट इजाजत दिएका छैनौँ । विवाद हुने कुरामा इजाजत दिंदैनौं ।’

बलजफ्तीले मेला लाग्दैन : उवासंघ

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले व्यवसायी संस्थाहरुसँग समन्वय नै नगरी व्यवसायीलाई मर्कामा पार्ने गरी बलजफ्ती क्लबले मेला लगाउन थालेको उनको आरोप छ । ‘एउटा क्लबले मेला लगाउने हुन्छ ? त्यो क्लबको विधानमा मेला लगाउन पाउने भनेर लेखिएको छ ? व्यावसायिक मेला लगाउने भनेको व्यावसायिक संस्थाले हो, क्लबले होइन ।

यस्तो अन्यत्र कतै देखिदैन । त्यसमाथि यही क्षेत्रमा मेला लगाउन थालेपछि यहा“का व्यावसायिक संस्थाहरुसँग समन्वय गर्नुपर्छ कि पर्दैन ?’– उनी भन्छन्– ‘अहिले व्यवसायीहरुले जाडोका लागि आवश्यक पर्ने सामान ल्याइसके यस्तो अवस्थामा मेला लगाउँदा लाखौंको सामान थन्किन्छ । यो विषयमा हामीसँग समन्वय नै नगरी लगाउन थालिएको मेलाको पूर्णरुपमा विरोध गर्छौं । यदि यो विरोधमा स्थानीय सरकारले सहयोग गरेन भने हामी व्यावसायिक कर तिर्दैनौं । व्यवसायीको व्यावसायिक सुरक्षा गर्न नसक्ने सरकारलाई किन कर तिर्ने ?’

समन्वय गर्न तयार छौं : मेला आयोजक

क्लबले कानुनी प्रक्रिया पुर्‍याएर मेला सञ्चालन गर्न थालेको हुँदा उवासंघले विरोध गर्ने भन्दा पनि समन्वयको भूमिकामा देखिनुपर्ने संयोजक लहरेको भनाइ छ । उनी भन्छन्– ‘हामीले सामाजिक काम गर्नकै लागि मेला आयोजना गरेका छौं । आधुनिक पुस्तकालय स्थापना गर्ने र युवा उद्यमशीलतालाई प्रवद्र्धन गर्ने हाम्रा उद्देश्य हुन् ।

हामी स्थानीय व्यवसायीलाई प्रत्यक्षरुपमा मर्का नपर्ने गरी मेला लगाउन तयार छौं । उवासंघले पनि विर ोधका स्टिकर  टाँस् ने, विभिन्न निकायहरुमा मेला बन्द गराउनका लागि दबाब दिने खालका गतिविधि बन्द गरेर छलफलको वातावर ण बनाउनुपर्छ । त्यसका लागि हामी तयार  छौं । अस्वाभाविक गतिविधिले  मे ला रोकिदैन ।’