बैंक अफ काठमाण्डूको शेयर मूल्य समायोजन
वि.सं.२०७९ मंसिर ९ शुक्रवार ०९:००
shares

काठमाडौं, ८ मंसिर । बैंक अफ काठमाण्डू लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बिहीवार बैंकको प्रस्तावित ६ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो ।
नेप्सेले कम्पनीको पछिल्लो कारोबार दिनको शेयर मूल्य २२७ दशमलव १० को आधारमा बोनस शेयर पछिको मूल्य २१४ दशमलव २५ कायम गरेको छ ।
ग्लोबल आइएमई बैंकसँगको मर्जर प्रक्रियामा रहेको यस बैंकको शेयर कारोबार भने गत असार २ गतेदेखि रोक्का रहेको छ । बैंकले मर्जर प्रस्तावसँगै लाभांश प्रस्तावलाई समेत स्वीकृति प्रदान गर्नका लागि मंसिर २३ गते २८ औं वार्षिक साधारणसभा बोलाएको छ ।
सभाले ग्लोबल आइएमई बैंक सँगको मर्जर प्रस्तावलाई अन्तिम स्वीकृति प्रदान गर्नेछ भने प्रस्तावित ६ प्रतिशत बोनस शेयर र बोनस शेयर कर प्रयोजनका लागि समेत १४ दशमलव ९५ प्रतिशतका नगद लाभांशलाई समेत पारित गर्नेछ ।
बैंक अफ काठमाण्डूले गत आर्थिक वर्ष ०७८/७९ का लागि हाल कायम चुक्तापूँजी १० अर्ब ६२ करोड ३९ लाख ९४ हजारको आधारमा कुल २० दशमलव ९५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।















