Dhulikhel Eco Banner new

बैंकर्स संघका निवर्तमान अध्यक्ष अनिल उपाध्याय केटीएम सीटीको सीईओ

5.06K
shares

काठमाडौं, २५ माघ । नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष तथा कृषि विकास बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्याय केटीएम सीटीको सीईओमा नियुक्त भएका छन् । कृषि विकास बैंंकको सीईओबाट बिदा भएपछि उपाध्याय केटीएम सीटीसँग जोडिएका हुन् ।

केटीएम सीटीले उपाध्यायलाई स्वागत गरेको तस्वीर सार्वजनिक गरेर उनको आगमनले संस्थालाई अगाडी बढाउनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेको छ । कृषि विकास बैंकमा सीईओका रुपमा कार्यकाल सकिए पछि उनी जिम्मेवारी विहीन रहेका थिए । कृषि विकास बैंकको सीईओबाट विदाइ भएसँगै उपाध्याय बैंकर्स संघको अध्यक्षबाट पनि बिदा भएका थिए ।