Dhulikhel Eco Banner new

नेक्सजेनको साधारण सभा सम्पन्न,नाम परिवर्तन र नयाँ सञ्चालक मन‍ोनयन

3.63K
shares

काठमाडौं, २० असोज । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सको असोज १९ गते सातौ बार्षिक साधारण सभा सम्पन्न भएको छ। होटल एलो पगोडामा भएको सभाको अध्यक्षता कम्पनीका अध्यक्ष रमेश कुमार भट्टराईले गरेका हुन् ।

सभाले आ.व.२०८०/८१को वित्तीय विवरण पास गर्दै शेयर धनिहरुलाई ५ प्रतिशत नगद लाभाशं वितरणको प्रस्ताव पनि पारित गरेको कम्पनीले जनाएको छ।

सभामा कम्पनीको नाम परिवर्तन गरी नेक्सजेन म्यानेजमेन्ट एण्ड ईक्विटि सोलुसन्स प्रा.लि राख्ने निर्णय भएको छ। कम्पनीले भबिष्यमा नियमक निकायको स्वीकृति लिएर पोर्टफोलियो म्यानेजमेन्ट तथा प्राईभेट ईक्विटि र भेन्चर क्यापिटलको काम समेत गर्ने योजना बनाएको छ। त्यसैले पुँजी वृद्धि र समान प्रकृतिका कम्पनीहरु मर्जर गर्ने निर्णय गरेको जनाएको छ।

कम्पनीका अनुसार साथै सोही सभाले आगामि चार बर्षको लागि देबेन्द्र प्रताप शाह, रमेश कुमार भट्टराई, बलराम बिष्ट, अजय कुमार मिश्र र शिवराज (माधव) दवाडि लाई संचालकमा निर्बिरोध मनोनयन गरेको छ।

सञ्चालकको मनोनयन पछि सभामा नै सञ्चालकहरुले एक मतले अध्यक्षमा देबेन्द्र प्रताप शाहलाई र रमेश कुमार भट्टराईलाई प्रबन्ध सञ्चालकमा मनोनयन गर्ने घोषणा गरेको थियो। साधारण सभामा २९ जना शेयरधनि मध्ये २१ जनाको उपस्थिति रहेको जनाएको छ ।