उच्च अंकले वृद्धि भएको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८१ असोज २० आइतवार १५:४०
shares

काठमाडौं, २० असोज । साताको पहिलो दिन शेयर बजारमा उच्च अंकले वृद्धि भएको छ । शेयर बजार ५६.०८ अंकले बढेर २,६५३ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २१९ कम्पनीको शेयर मूल्य बढेको भने २३ कम्पनीको शेयर मूल्य घटेको छ । वीन लघुवित्तको लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको १० प्रतिशतको दरले घटेको हो ।
यसदिन कुमारी सबल योजनाका लगानीकर्ताले ९.४३ प्रतिशतका दरले गुमाएका छन् भने एनआइसी एशिया सेलेक्ट फन्डका लगानीकर्ताले ६.७० प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी स्वरोजगार लघुवित्तका लगानीकर्ताले ५.४९ प्रतिशतका दरले गुमाएका छन् भने उपकार लघुवित्तका लगानीकर्ताले ४.४१ प्रतिशतका दरले गुमाएका छन् ।



















