आइएमई पे एपको नयाँ सुविधा, IELTS टेस्टको शुल्क अब सजिलै एपबाट तिर्न सकिने
वि.सं.२०८१ मंसिर ९ आइतवार १०:२५
shares

काठमाडौं, ९ मंसिर । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले IELTS टेस्टको शुल्क भुक्तानी आइएमई पे मार्फत गर्न सकिने सुविधा सार्वजनिक गरेको छ।
यस सुबिधा मार्फत प्रयोगकर्ताहरुले आइएमई पे एप मार्फत आफ्नो IELTS परिक्षा शुल्क सहजै भुक्तानी गरेर आफ्नो समय र मेहनत बचाउन सक्ने कम्पनीले जनाएको छ । प्रयोगकर्ताहरुले IELTSको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, IELTS UKVI को एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, Life Skills A1/A2, B1 को निम्ती भुक्तानी आइएमई पे एप मार्फत गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सिमित अवधिको लागि आइएमई पे एपबाट IELTS टेस्टको शुल्क भुक्तानीमा फ्लाट १००० क्यासब्याक पनि प्राप्त गर्न सकिन्छ।
आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने,IELTS शुल्क भुक्तानीको लागि सुविधाजनक र सुरक्षित प्लेटफर्म प्रदान गरेर हामीले प्रयोगकर्ताहरुलाई आफ्नो उद्देश्यहरु पुरा गर्न सशक्त बनाउने लक्ष्य राख्छौं।















