जगदम्बा मोटर्सले नाइमा मोबिलिटी एक्स्पो २०२५ मा प्रोटोन ईमास ७ को विशेष अफरसहित प्रदर्शन
वि.सं.२०८२ साउन २१ बुधवार १६:२४
shares

काठमाडौं, २१ साउन । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ मा सहभागिता जनाउँदै आफ्नो नवीनतम विद्युतीय सवारी प्रोटोन ईमास ७ विशेष अफरसहित प्रदर्शन गरेको छ। कम्पनीले नेपालको दिगो मोबिलिटी भविष्यप्रति प्रतिबद्धता जनाउँदै सेवा सञ्जाल विस्तार र ग्राहक सन्तुष्टि केन्द्रित योजनाहरू सार्वजनिक गरेको छ।
यसै वर्षको सुरुवातमा मलेसियाबाट नेपाल आयात गरिएको प्रोटोन ईमास ७ ले मलेसियामा आफ्नो सेगमेन्टमा नम्बर १ इभीको स्थान हासिल गरिसकेको छ। नेपालमा यसको भित्र्याइसँगै जगदम्बा मोटर्सले ग्राहकलाई लक्षित गर्दै विभिन्न छुट, सहुलियतपूर्ण फाइनान्स, वारन्टी र एक्सचेन्ज योजनाको घोषणा गरेको हो।
जगदम्बा मोटर्सले २०२५ को अन्त्यसम्म देशभर १२ वटा सोरूम र सेवा केन्द्र सञ्चालन गर्ने लक्ष्य लिएको छ भने हाल काठमाडौं उपत्यकामा ३ वटा शोरूममार्फत सेवा दिइरहेको छ। कम्पनीले विद्युतीय सवारीका लागि आवश्यक सम्पूर्ण पूर्वाधार निर्माणमा पनि सक्रिय भूमिका खेलेको छ।
शंकर ग्रुपअन्तर्गत सञ्चालित जगदम्बा मोटर्सले स्पेयर पार्ट्स, अत्याधुनिक डाइग्नोस्टिक उपकरण, प्रोटोन र गिलीबाट प्रमाणित प्राविधिक, सरल वारन्टी प्रक्रिया र चार्जिङ स्टेसन उपलब्ध गराउने व्यवस्था मिलाएको छ।
नैमा मोबिलिटी एक्स्पोमा कम्पनीले शून्य प्रतिशत ब्याजदरमा चार वर्षका लागि वित्तीय सुविधा, ब्याट्रीमा आठ वर्षको अनलिमिटेड माइलिज वारन्टी, दुई लाख ९९ हजार रुपैयाँसम्मको नगद छुट, पुरानो गाडीमा उत्कृष्ट मूल्यांकन, निःशुल्क अटो प्लस बीमा र इमास असिस्टेन्ट प्लसजस्ता सेवाहरू घोषणा गरेको छ।
कम्पनीका कार्यकारी निर्देशक अखिल गुप्ताले प्रोटोन इमास ७ को आगमन र सेवा सञ्जाल विस्तारमार्फत प्रत्येक नेपालीका लागि विद्युतीय सवारीलाई अझ सुलभ, भरपर्दो र आकर्षक बनाउने उद्देश्य रहेको बताए।
जगदम्बा मोटर्सले नेपाली बजारमा नवीन प्रविधियुक्त विद्युतीय सवारी ल्याएर उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्दै दिगो मोबिलिटी प्रणाली निर्माणमा आफ्नो योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ। ग्राहकहरूलाई नैमा एक्स्पोको स्टल एल ५ – हल बी मा पुगेर प्रोटोन इमास ७ को प्रत्यक्ष अनुभव लिन आमन्त्रण गरिएको छ।


















