Dhulikhel Eco Banner new

महालक्ष्मी विकास बैंक र र्‍याडिसन होटलबीच सहकार्य, एयरपोर्ट लाउन्ज सेवामा विशेष छुट

2.91K
shares

काठमाडौं, २३ असोज । महालक्ष्मी विकास बैंक लिमिटेडले चाडपर्व र विदेश यात्रा गर्ने यात्रुहरूलाई लक्षित गर्दै र्‍याडिसन होटल लाजिम्पाटसँग सहकार्य गरेको छ। सम्झौता अनुसार बैंकका ग्राहकहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित र्‍याडिसन एयरपोर्ट लाउन्ज तथा अन्य सेवामा विशेष छुट पाउनेछन्।

बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले एयरपोर्ट लाउन्ज सेवामा १५५, होटलका खाद्य तथा पेयमा २०५, पेस्ट्रीमा १५५, स्पा सेवामा १५५ र फिटनेस सेन्टर सेवामा २०५ छुट पाउने व्यवस्था गरिएको छ।

यस सहकार्यबाट ग्राहकहरूलाई आकर्षक सुविधासहितको यात्रा अनुभव हुने विश्वास बैंकले जनाएको छ। यस्तै, बैंकले हालै सुरु गरेको अर्को योजनाअनुसार, ग्राहकहरूले क्रेडिट कार्डमार्फत ट्राभल प्याकेज खरिद गरी मासिक किस्तामा भुक्तानी गर्न सक्ने सुविधा पनि पाउनेछन्।