धनतेरस टाटा उत्सव आजदेखि सुरु, सुनको असर्फी बम्पर उपहारमा जित्ने मौका
वि.सं.२०८२ असोज २६ आइतवार १२:२३
shares

काठमाडौं, २६ असोज । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा।लि।ले यस वर्षको शुभदिपावली र धनतेरस पर्वलाई लक्षित गर्दै ‘धनतेरस टाटा उत्सव’ नामक विशेष कार्यक्रम देशव्यापी रूपमा सुरु गरेको छ।
आजदेखि सुरु भएको यो कार्यक्रम कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ। यस उत्सवको अवसरमा ग्राहकहरूले टाटा मोटर्सका विद्युतीय सवारीसाधनहरू टाटा टियागो ईभी, पंच ईभी, नेक्सन के–३ ईभी, कर्भ ईभी तथा पेट्रोल डिजेल आईसीई मोडलहरू टियागो, पंच, नेक्सन र सफारी को खरिद गर्दा विभिन्न उपहार तथा छुटको लाभ लिन सक्नेछन्।
ग्राहकहरूले निःशुल्क लाइफटाइम डीसी फास्ट चार्जिङ, आकर्षक नगद छुट, उत्कृष्ट एक्सचेन्ज मूल्य, निःशुल्क एसेसरिज, व्यापक अटो–प्लस बीमा, एक वर्षको सवारी कर, निःशुल्क एम्बोस्ड नम्बर प्लेट र घरमै निःशुल्क चार्जिङ जडानजस्ता विशेष सुविधा प्राप्त गर्न सक्नेछन्।
यसका साथै, यो चाडपर्वलाई अझ रमाइलो र अविस्मरणीय बनाउन कम्पनीले “सुनको असर्फी” बम्पर उपहार योजना पनि सार्वजनिक गरेको छ, जसअनुसार भाग्यशाली ग्राहकले सुनको असर्फी जित्ने अवसर प्राप्त गर्नेछन्।
सिप्रदी ट्रेडिङले ‘धनतेरस टाटा उत्सव’ कार्यक्रममार्फत ग्राहकहरूलाई चाडपर्वको खुशीयालीसँगै विश्वासिलो सेवा र विशेष अफर प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।



















