Dhulikhel Eco Banner new

शेयर बजारमा ७८ अंकको पहिरो, २४२ कम्पनीको शेयर मूल्यमा गिरावट

2.93K
shares

काठमाडौं, २६ असोज । आइतवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ७८.८३ अंकले घटेर २,५०३ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ९ कम्पनीको शेयर मूल्य बढेको छ भने २४२ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ६ अर्ब ७० करोडको कारोबार भएको हो ।

उच्च अंकले घटेको शेयर बजारमा नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ६.०१ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी, बुटवल पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले ९.२७ प्रतिशतका दरले गुमाएका हुन् ।