Dhulikhel Eco Banner new

सेन्चुरी फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी एक्स्पो सम्पन्न

5.34K
shares

काठमाडौं, २ असोज । काठमाडौंको भृकुटी मण्डपमा आयोजना गरिएको सेन्चुरी आठौँ फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी एक्पो आइतबार सम्पन्न भएको छ । हाउस अफ राजकर्निकारको आयोजनामा भएको तीन दिने प्रदर्शनी आज सम्पन्न भएको हो ।

तीन दिनसम्म चलेको प्रदर्शनीमा खाद्य तथा पेय पदार्थ तथा होटलमा आवश्यक पर्ने बस्तुहरुको स्टल रहेका थिए । तीन दिनमा करिब ३० हजारभन्दा बढी अवलोकानकर्ताहरुले अबलोकन गरेको आयोजकले जनाएको छ । सबैभन्दा धेरै शनिबार १३ हजारभन्दा बढीले अबलोकन गरेको आयोजकको भनाइ छ ।

सार्वजनिक बिदा भएकाले पनि शनिबार धेरै भिड लागेको थियो । शुक्रबार देखि सुरु भएको प्रदर्शनीमा आउने अधिकांश अबलोकनकर्ताहरुले खाद्यान्न तथा पेय पदार्थको बारेमा एकै ठाउँमा जान्ने मौका पाएको बताए ।

यस्ता प्रदर्शनहरुले वस्तुहरुको माकेटिङ गर्नका लागि सहयोग पु¥याउने प्रदर्शनीमा स्टल राखेकाहरुले बताएका छन् । वस्तुको बजारीकरणका लागि यस्तो कार्यक्रमले निकै टेवा पु¥याउने व्यवसायीहरुको भनाइ छ । लक्ष्य अनुसार नै आगन्तुकहरु आएको आयोजकको भनाइ छ ।