भदौ महिनामा करिब साढे २ अर्बको विद्युत निर्यात
वि.सं.२०७९ असोज ४ मंगलवार १३:५१
shares

काठमाडौं, ४ असोज । नेपाल विद्युत प्राधिकरणले भदौ महिनामा करिब साढे २ अर्बको विद्युत निर्यात गरेको छ । भदौ महिनामा प्राधिकरणले २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत बिक्रीबाट २ अर्ब ४१ करोड ६७ लाख ८२ हजार रुपैयाँ आम्दानी गरेको हो ।
प्रााधिकरणले यो वर्ष गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । प्राधिकरणले हालसम्म ८७ करोड ७८ हजार युनिट बिक्री गरेको छ । चार महिनामा नेपाल विद्युत प्राधिकरणले विद्युत बिक्रीबाट ७ अर्ब १९ करोड ८६ लाख रुपैयाँ आम्दानी गरेको छ । प्राधिकरणले जेठ महिनादेखि विद्युत भारतीय बजारमा बिक्री गर्न थालेको थियो ।
भारतसँगको विद्युत व्यापार भारतीय रुपैयाँ (भारु) मा हुने भएकोले ४ महिनाको अवधिमा विद्युत बिक्रीबाट ४ अर्ब ४९ करोड ९१ लाख भारु नेपाल भित्रिएको छ । भदौमा मात्र विद्युत बिक्रीबाट १ अर्ब ५१ करोड ५ लाख रुपैयाँ भारु आम्दानी भएको छ ।















