Dhulikhel Eco Banner new

छ्याङ्दी हाइड्रोपावरको आम्दानी र नाफा दुबै बढ्यो

5.37K
shares

काठमाडौं, २६ माघ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पुस मसान्तसम्म आम्दानी र खुद नाफा दुबै बढाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको वित्तीय विवरण अनुसार विद्युत बिक्रीमार्फत हुने आम्दानी २८.९४ प्रतिशत र खुद नाफा ६७.४७ प्रतिशतले बढेको हो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत ५ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.९४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ करोड ८ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा १९.८४ प्रतिशत बढेको छ ।

विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा पनि समीक्षा अवधिमा ६७.४७ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासिकको अवधिमा ८५ लाख १६ रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ करोड ४२ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ ।