हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन
वि.सं.२०८० वैशाख २६ मंगलवार ०८:४५
shares

काठमाडौं, २६ वैशाख । हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । हाइड्रोपावरले ७५ प्रतिशत हकप्रद शेयर निष्काशन प्रयोजनार्थ भोली अर्थात वैशाख २७ गते बुक क्लोज गर्दैछ ।
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले हाल कायम चुक्ता पुँजीको ७५ प्रतिशत अर्थात हाल कायम १० कित्ता शेयर बराबर नयाँ ७.५ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
जस अनुसार कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ६० करोड रुपैयाँ रहेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।



















