Dhulikhel Eco Banner new

प्रभु लाइफ इन्स्योरेन्सले १०.५२ प्रतिशत लाभांश दिने

5.15K
shares

काठमाडौं, २६ वैशाख । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । इन्स्योरेन्सको सोमबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट शेयरधनीका लागि लाभांश घोषणा गरेको हो ।यो प्रस्ताव बीमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरिने छ । कम्पनीले पहिलो पटक लगानीकर्तालाई लाभांश वितरण गर्ने घोषणा गरेको हो ।