Dhulikhel Eco Banner new

डिजेल र मट्टितेलको मूल्य घट्यो

4.59K
shares

काठमाडौं, ३ जेठ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले प्रकाशित गरेको मूल्य अनुसार डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएको हो ।

निगमले पेट्रोल र एलपी ग्यासको मूल्यभने स्थिर राखेको छ । ईण्डियन आयल कर्पोरेशन लिमिटेडबाट जेठ २ गतेमा प्राप्त खरिद मूल्यसूची बमोजिम पेट्रोल र डिजेलको मूल्यमा केही रकम घटेर आएको थियो । मंगलबार राती १२ बजेदेखि लागु हुने नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ, डिजेल १५५ रुपैयाँ, मट्टितेल १६५ रुपैयाँ र एलपी ग्यास प्रतिसिलिण्डर १ हजार ८०० रुपैयाँ रहेको छ ।

ईण्डियन आयल कर्पोरेशन लिमिटेडको बक्यौला एवं नेपाल सरकारद्वारा उपलब्ध गराइएको ऋणको व्यवस्थापन गर्न निगमलाई अझै चुनौती नै रहेकोले उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगमले मूल्य समायोजन गरेको जनाएको छ ।