Dhulikhel Eco Banner new

डलरको मूल्य घट्यो, कुन देशको विनिमयदर कति ?

4.51K
shares

काठमाडौं, ३ जेठ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि जारी गरेको विदेशी विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ । अघिल्लो दिन बढेको डलरको मूल्य बुधबार भने घटेको हो ।

नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनियमदर अनुसार अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ २४ पैसा बिक्रीदर १३१ रुपैयाँ ८४ पैसा पुगेको छ । अघिल्लो दिन डलरको खरिददर १३१ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ९८ पैसा रहेको थियो । त्यस्तै बुधबार पाउण्डको मूल्य भने बढेको छ ।

बुधबारका लागि तोकिएको विदेशी विनियमदर अनुसार पाउण्डको खरिददर १६४ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६५ रुपैयाँ २८ पैसा पुगेको छ । अघिललो दिन पाउण्डको खरिददर १६४ रुपैयाँ २९ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५ पैसा रहेको थियो । त्यस्तै बुधबार युरोको मूल्य समेत बढेको छ । आज युरोको खरिददर १४२ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ६१ पैसा पुगेको छ । अघिल्लो दिन युरोको खरिददर १४२ रुपैयाँ ९० पैसा र बिक्रीदर १४३ रुपैयाँ ५५ पैसा रहेको थियो ।

त्यस्तै राष्ट्र बैंकले बुधबारका लागि जारी गरेको विनिमयदर अनुसार अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ७२ पैसा र बिक्रीदर ८८ रुपैयाँ १२ पैसा, क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ४५ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८९ पैसा, सिंगापुर डलरको खरिददर ९८ रुपैयाँ २३ पैसा र बिक्रीमा ९८ रुपैयाँ ६८ पैसा तथा जापानी येन १० को खरिददर ९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९ रुपैयाँ ७१ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ र बिक्रीदर ३५ रुपैयाँ १६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ र बिक्रीदर ३६ रुपैयाँ १६ पैसा रहेको छ । त्यस्तै युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा रहेको छ । त्यस्तै मलेसियन रिङगेट एकको खरिददर २९ रुपैयाँ १७ पैसा र बिक्रीदर २९ रुपैयाँ ३० पैसा रहेको छ ।