GBIME

थप १० जनामा कोरोना संक्रमण पुष्टि

648
shares

काठमाडौं, ११ जेठ । पछिल्लो २४ घन्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा परीक्षण भएका ५८० नमूनामध्ये १० जनामाको रिपोर्ट पोजिटिभ आएको हो।

त्यस्तै थप १५ जना कोरोनामुक्त भएका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४१ हजार ५०१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

हाल सक्रिय संक्रमितको संख्या ४१ रहेको छ।