Dhulikhel Eco Banner new

चार महिनामा २४२ उद्योग दर्ता, करिब ४१ अर्बको विदेशी लगानी प्रस्ताव

3.47K
shares

काठमाडौं, १० मंसिर । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा २४२ उद्योग दर्ता भएका छन् भने करिब ४१ अर्ब बराबरको विदेशी लगानीको प्रस्ताव आएको छ । चार महिनामा स्वदेशी तथा विदेशी गरी २४२ वटा उद्योग दर्ता भएका हुन् ।

यस अवधिमा ४० अर्ब ९६ करोड बराबरको प्रस्ताव आएको भने २६३ लगानीका प्रस्ताव स्वीकृत भएका छन् । जसमध्ये अनुमोदन प्रणालीबाट १५४ वटा लगानी स्वीकृत भएका छन् । स्वचालित प्रणालीबाट १०९ वटा विदेशी लगानी स्वीकृत गरिएका छन् ।

विदेशी लगानी परियोजनाहरूमा ७ हजार ६६७ रोजगारीका प्रस्ताव आएका छन् भने कुल ११ हजार ७८१ रोजगारका लागि प्रस्ताव आएका छन् ।

अनुमोदन प्रणालीबाट प्रस्ताव स्वीकृत हुँदा १७ अर्ब ३ करोड प्रस्तावित विदेशी लगानी आएको छ । स्वचालित प्रणालीबाट १ अर्ब ६२ करोड रुपैयाँ विदेशी लगानी प्रस्ताव आएको छ ।