Dhulikhel Eco Banner new

वाणिज्य विभागको महानिर्देशकमा ज्ञवाली नियुक्त

2.99K
shares

काठमाडौं, २ भदौ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकमा रोशन ज्ञवाली नियुक्त भएका छन् । उनी सोमबारदेखि विभागमा कार्यभार सम्हालेका छन् ।

ज्ञवाली दुई महिनाअघि मात्रै सहसचिव पदमा बढुवा भएका थिए । यसअघि उनी लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रमा कार्यरत थिए ।

उनको नियुक्ति विभागका पूर्व महानिर्देशक कुमारप्रसाद दाहालको समावेशी आयोगमा सरुवा भएपछि गरिएको हो । दाहाललाई गत साउन २६ गते समावेशी आयोगमा स्थानान्तरण गरिएको थियो ।