Dhulikhel Eco Banner new

भ्रष्टाचारविरुद्ध काम गर्न खोज्दा चौतर्फी घेराबन्दी भएको मन्त्री शर्माको गुनासो

4.63K
shares

काठमाडौं, १३ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले भ्रष्टाचार विरुद्ध काम गर्न खोज्दा चौतर्फी घेराबन्दी भएको गुनासो गरेकी छिन् ।

शनिबार प्रेस सेन्टर नेपालको १९ औँ केन्द्रीय साधारणसभा तथा २१ औँ कृष्णसेन इच्छकु स्मृति दिवसको अवसरमा काठमाडौंको शंखरापुरमा आयोजित कार्यक्रममा उनले यस्तो भ्रष्टाचारविरुद्ध वर्तमान सरकार कृतसंकल्पित भएको बताइन् ।

उनले भनिन् ‘जब विकृति र विसंगति विरुद्ध लड्न खाज्दै छौं । जसरी यस विरुद्ध लड्ने मोर्चामा छौं । यो बेला चौतर्फी घेराबन्दी भईरहेको छ । भ्रष्टाचार विरुद्ध सरकार अगाडि बढ्न खोज्दा खुट्टा तानिरहेका छन् ।’

उनले राजनीति र पत्रकारिता एक आपसको परिपुरक भएकाले पत्रकारहरुलाई राम्रो कामको प्रचार र नराम्रो कामको खबरदारी गर्न आग्रह गरिन् ।