Dhulikhel Eco Banner new

नेपाल पूर्वाधार सम्मेलनको चौथो संस्करण भोलीदेखि

5.82K
shares

काठमाडौं, २२ भदौ । नेपाल वूर्वाधार सम्मेलनको चौथो संस्करण बिहीबार (भोली) देखि सुरु हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा हुने सम्मेलन आयोजना हुन लागेको हो ।

उद्योग परिसंघले सन् २०१४ देखि सरकारसँग साझेदारी गरेर नेपालमा पूर्वाधार सम्मेलन गर्दै आएको छ । दीगो पूर्वाधार मार्फत देशको समग्र विकास गर्न सक्निछ भन्ने उद्देश्यका साथ सम्मेलन आयोजना गरिदै आएको छ ।

विकासका लागि पूर्वाधार नारा दिइएको सम्मेलनमा नेपाल पूर्वाधार सम्मेलनमा यातायात, उर्जा, शहरी विकास, खानेपानी तथा सरसफाईलगायत पूर्वाधार विकासका प्रमुख बाधाहरू पहिचान गर्दै पूर्वाधार विकासका लागि सरकारले गरेका प्रतिज्ञा एवं सुधार, पूर्वाधार क्षेत्रमा निजी लगानी आकर्षित गर्ने, दिगो विकास लक्ष्यहरू हासिल गर्न मद्दत गर्ने हरित, जलवायु, उत्थानशील पूर्वाधार परियोजनामा गहन छलफल हुनेछ ।

नेपाल पूर्वाधार सम्मेलनले आर्थिक पुनरुत्थान, हरित पूर्वाधारमा ध्यान केन्द्रित गर्दै पूर्वाधारमा लगानी गर्नु नै उत्तम शर्त हो भन्ने धारणालाई सुदृढ पार्ने विश्वास परिसंघको छ । यस्तै सम्मेलनले नवीन वित्तीय ढाँचा, प्रत्यक्ष वैदेशिक लगानी, निजी क्षेत्रको थप संलग्नता, प्रविधि र डिजिटल रूपान्तरणलगायतका विषयमा नीतिगत सुधारको अवधारणालाई पुनर्जीवित गर्नेछ ।