मर्जरपछि कर्मचारीको सेवा सुविधा नघटाउन समितिको निर्देशन
वि.सं.२०७९ असार २१ मंगलवार ०९:४९
shares

काठमाडौं, २१ असार । बीमा समितिले बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुको पद र सेवा सुविधा नघटाउन निर्देशन दिएको छ । समितिले सोमबार परिपत्र जारी गर्दै बीमा कम्पनीहरुलाई मर्जरमा गए पनि साविक कै पद र सेवा सुविधा नघट्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।
समितिले गाभ्ने/गाभिने संस्थाका कर्मचारीहरुलाई गाभिएर कायम हुने बीमा कम्पनीहरुमा कर्मचारीहरुको साविकमा रहेको पद अनुसारको तह वा श्रेणी भन्दा कम नहुने गरी पद मिलान भनेको छ । त्यस्तै गाभ्ने/गाभिए बन्ने बीमा कम्पनीका कर्मचारीहरुलाई कुनै मर्का नपर्ने गरी र हाल खाई पाई भएको तलब भत्ता तथा सुविधा नघट्ने व्यवस्था गर्न पनि समितिले निर्देशन दिएको छ ।
मर्जर पश्चात बन्ने कम्पनीका कर्मचारीहरु काम गर्न इच्छुक नभए उपयुक्त सुविधा सहितको स्वेच्छिक अवकाशको योजना लागू गर्न पनि समितिले निर्देशन दिएको छ । त्यसैगरी असार ६ गते जारी भएको निर्देशनबाट समितिले गाभ्ने÷गाभिने कार्यमा संस्थाका संचालक समितिका अध्यक्ष वा लेखापरीक्षण समितिका संयोजक मर्जर समितिको सदस्य हुने नपाई भन्ने व्यवस्था समेत हटाएको छ ।
















