Dhulikhel Eco Banner new

लेखा परिक्षण कमिटी बनाउन बीमा कम्पनीलाई समितिको निर्देशन

5.84K
shares

काठमाडौं, ४ साउन । बीमा कम्पनीहरुले बीमा कम्पनीलाई स्वतन्त्र लेखा परिक्षण कमिटी निर्माण गर्न निर्देशन दिएको छ । समितिले कम्पनीहरुको आन्तरिक लेखा परिक्षण निर्देशिका २०७९ जारी गर्दै स्वतन्त्र लेखा परिक्षण कमिटि निर्मामा गर्न निर्देशन दिएको हो ।

नयाँ व्यवस्था अनुसार बीमा कम्पनीमा नियुक्त हुने स्वतन्त्र सञ्चालकको नेतृत्वमा आन्तरिक लेखा परिक्षण समिति बनाउनु पर्नेछ । जसमा चार्टर्ड एकाउन्टेन्ट अनिवार्य गरिएको छ । उक्त चार्टर्ड एकाउन्टेन्ट कम्तीमा पाँच वर्षभन्दा बढी अनुभव भएको वा स्नातक तह उतीर्ण गरी १० वर्ष कार्य गरेको अनुभवी हुनु पर्ने निर्देशिमा उल्लेख गरिएको छ ।

लेखापरीक्षण समिति संचालक समिति प्रति जिम्मेवार हुने व्यवस्था गरिएको छ । साथै लेखापरीक्षणमा देखिएको सम्पूर्ण कैफियतहरु समितिले सिधै संचालक समितिसमक्ष पेश गर्नु पर्ने प्रावधान निर्देशिकामा समावेश गरिएको छ । लेखापरीक्षण समितिको बैठक वर्षभरमा कम्तीमा ८ पटक र तीन महिनामा कम्तीमा दुई पटक अनिवार्य बस्नु पर्ने व्यवस्था गरिएको छ ।

लेखा परिक्षण समितिले बीमा कम्पनीको वित्तिय विवरण तयार पार्न सघाउने तथा कम्पनीका जोखिम बढेको छ वा छैन भनेर नियमित मनिटरिङ गर्नुपर्नेछ । कम्पनीभित्र हुने आन्तरिक लेखा परिक्षणको पनि नियमित मनिटरिङ गर्ने जिम्मेवारी लेखा परिक्षण समितिलाई तोकिएको छ ।