GBIME

नागरिक लगानी कोषले सगरमाथा जलबिद्युत्को शेयर प्रत्याभुति गर्ने

1.18K
shares

काठमाडौं, ४ साउन । नागरिक लगानी कोषले सगरमाथा जलबिद्युत् कम्पनी लिमिटेडको साधारण शेयर प्रत्याभुति गर्ने भएको छ । कोषले सगरमाथा जलविद्युत्को ५४ लाख ८८ हजार कित्ता साधारण शेयरमा प्रत्याभुति गरेको हो ।

जलविद्युत कम्पनीको १०० रुपैयाँ अंकित दरले हुन आउने ५४ करोड ८८ लाख रुपैयाँको शेयर कोषले प्रत्याभूति गर्ने छ । शेयर प्रत्याभूतिकर्ता सम्वन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र सगरमाथा जलद्यिुतको तर्फबाट डा.भुषण गुरागाईले हस्ताक्षर गरेका छन् ।