GBIME

जीवन बीमा कम्पनीहरुको बीमा शुल्क संकलन १४ प्रतिशले वृद्धि

1.11K
shares

काठमाडौं, ४ साउन । जीवन बीमा कम्पनीहरुले २०७८/७९ मा १ खर्ब ३९ अर्ब रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । बीमा कम्पनीले गत आर्थिक वर्षमा संकलन गरेको सो शुल्क अघिल्लो आर्थिक वर्षको भन्दा १४.८७ प्रतिशले बढी हो ।

गत आर्थिक बर्षम सबैभन्दा बढी बीमा शुल्क संकलन गर्नेमा नेपाल लाईफ इन्सोरेन्स कम्पनी रहेको छ । नेपाल लाइफले ३५ अर्ब ३५ करोड रुपैयाँ संकलन गरेको हो । शुल्क संकलनमा दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसन रहेको छ । जसले १८ अर्ब २२ करोड रुपैयाँ बीचमा शुल्क उठाएको उठाउन सफल भएको छ ।

त्यस्तै एक आर्थिक वर्षमा नेशनल लाईफले १४ अर्ब १३ करोड रुपैयाँ बीमा शुल्क संकलन गर्दा राष्ट्रिय बीमा संस्थानको ८ अर्ब ४७ करोड रुपैयाँ संकलन गरेको छ । त्यस्तै युनियन लाईफले ८ अर्ब ९ करोड रुपैयाँ, एशियन लाईफले ७ अर्ब १७ करोड रुपैयाँ संकलन गरेका छन् ।

सिटिजन लाईफले ५ अर्ब ४० करोड, मेट लाईफ ५ अर्ब २३ करोड, सूर्या लाइफ ४ अर्ब ९९ करोड, प्राइम लाइफ ४ अर्ब ८७ करोड, रिलायबल नेपाल लाईफले ३ अर्ब ९४ करोड, ज्योति लाईफ तीन अर्ब ८० करोड, आईएमई लाइफ ३ अर्ब ५३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

त्यस्तै, सन नेपाल लाईफले ३ अर्ब ३६ करोड, रिलायन्स लाईफ ३ अर्ब १२ करोड, गुराँस लाईफ ३ अर्ब ८ करोड, प्रभु लाईफ दुई अर्ब ३९ करोड, सानिमा लाईफ २ अर्ब २९ करोड र महालक्ष्मी लाईफको एक अर्ब ५९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।