लगातार आठौँ दिन बढ्यो शेयर बजार, कारोबार रकम भने घट्यो
वि.सं.२०७९ साउन ४ बुधवार १५:२४
shares
काठमाडौं, ४ साउन । शेयर बजार बुधबार पनि सामान्य अंकले बढेको छ । साताको कारोबार हुने चौथो दिन शेयर बजार ४ दशमलव ८९ अंकले वृद्धि भएर २०५० दशमलव ५९ अंकमा पुगेको हो ।
बुधबार २१५ कम्पनीका ४१ लाख ३३ हजार ७०९ कित्ता शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । बुधबार २९ हजार ८६ कारोबारबाट १ अर्ब ७३ करोड १८ लाख ३२ हजार २७० रुपैयाँको कारोबार भएको छ ।
कारोबार रकम र कारोबार संख्याका हिसाबले यो कम हो । अघिल्लो दिन दुई अर्बको कारोबार भएको थियो भने ५७ लाख भन्दा बढी कित्ता शेयर कारोबार भएको थियो ।
यता क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि झिनो अन्तरले बढेको छ । यसमा ० दशमलव ९७ अंकले वृद्धि भएर ३९२ दशमलव ५० अंकमा पुगेको छ ।

















