रिलायन्स लाइफ इन्स्योरेन्सले माग्यो १९ शाखा प्रबन्धक सहित २५ कर्मचारी
वि.सं.२०७९ साउन ९ सोमवार १२:२७
shares

काठमाडौं, ९ साउन । रिलायन्स लाइफ इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । कम्पनीले सोमबार विज्ञापन प्रकाशित गर्दै शाखा प्रबन्धक तथा सेल्स र मार्केटिङ पदमा कर्मचारी माग गरेको हो ।
इन्स्योरेन्सले ६ प्रदेशका लागि १९ वटा ब्रान्चका लागि ब्रान्च म्यानेजर र तीनवटा प्रदेशको ६ वटा शाखा कार्यालयका लागि सेल्स एण्ड मार्केटिङ स्टाफ माग गरेको हो । इच्छुक र योग्यता पुगेका व्यक्तिले साउन २२ गतेभित्र कम्पनीको इमेलमार्फत् दरखास्त दिन सक्नेछन् ।
कम्पनीले प्रदेश एक बाहेक प्रदेशमा रहको विभिन्न शाखाका लागि शाखा प्रबन्धक माग गरेको छ । जसअनुसार मदेश प्रदेशमा ४ जना, बागमती प्रदेशमा ६ जना, गण्डकीमा १ जना, लुम्बिनी र कर्णालीमा ३–३ जना तथा सुदुरपश्चि प्रदेशका लागि २ जना शाखा प्रबन्ध माग गरेको हो ।




















