Dhulikhel Eco Banner new

सुनको मूल्य घट्यो

4.89K
shares

काठमाडौं, ९ साउन । सोमबार सुनको भाउमा सामान्य गिरावट आएको छ । सोमबार सुन तोलामा १०० रुपैयाँले ओरालो लागेर ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा झरेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार सुन तोलामा ५०० रुपैयाँले बढेको थियो । साताको दोश्रो दिन, चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार १५५ रुपैयाँ कायम रहेको छ ।

अघिल्लो कारोबार दिन, चाँदीको मूल्यमा सामान्य गिरावट भएको थियो । हिजो चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार १५५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।