Dhulikhel Eco Banner new

२० प्रतिशत व्यवसाय आफूलाई दिन नेपाल पुनर्बीमा कम्पनीको पत्राचार

5.45K
shares

काठमाडौं, ९ साउन । नेपाल पुनर्बीमा कम्पनीले प्रत्यक्ष हिस्सा तर्फको २० प्रतिशत व्यवसाय आफूलाई दिनका लागि पत्राचार गरेको छ । कम्पनीले नेपालमा सञ्चालित सबै बीमा कम्पनीहरुलाई कूल बीमाको २० प्रतिशत व्यवसाय नेपाल पुनबीमा कम्पनीलाई पठाउन पत्राचार गरेको हो ।

कम्पनीले केही दिन अघि सबै बीमा कम्पनीहरुलाई पत्र पठाएर यस्तो आग्रह गरेको हो । बीमा समितिले आर्थिक ऐन विपरित हुने गरी दिएको निर्देशन अमान्य रहेको भन्दै नेपाल पुनर्बीमा कम्पनीले यस्तो पत्राचार गरेको छ । बीमा समितिले केही समय अघि मात्रै हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई अनुमति दिएको थियो । यसबाट सरकारी क्षेत्रका पुनबीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनीको हिस्सा खोसिएको थियो ।

गत जेठ ५ गते बीमा समितिले गरेको निर्णयमा प्रत्यक्ष हिस्सा आधा आधा गर्ने भनेपनि नेपाल पुनर्बीमा कम्पनीले नमान्ने बताउँदै आएको छ । नेपाल पुनर्बीमा कम्पनी सरकारी लगानीमा सञ्चालित कम्पनी भएकोले बीमा कम्पनीहरुले नियामक निकायको भ्रष्टाचारजन्य निर्णय नमान्ने अडान लिँदै आएका छन् ।

बीमा कम्पनीलाई पत्र लेखेको भन्ने जानकारी आए पछि बीमा समितले प्रष्ट पारेर जानकारी दिनका लागि नेपाल पुनर्बीमा कम्पनीलाई पत्र लेखेर पठाएको समितिका प्रवाक्ता तथा कार्यकारी निर्देशक राजुरमण पौडेलेल जानकारी दिए । यो विषय मन्त्री परिषदबाटै निर्णय भएकार आएको हो, त्यस माथि पनि यो सुविधा ५ वर्ष पछि हट्ने र हरेक वर्ष घट्दै जाने उनको भनाइ छ ।