चुनावको मुखैमा लघुबीमालाई लाइसेन्स दिने प्रक्रिया सुरु, चुक्ता पुँजी ७५ करोड
वि.सं.२०७९ भदौ १० शुक्रवार १०:०३
shares

काठमाडौं, १० भदौ । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले ७ वटा लघुबीमालाई लाइसेन्स प्रदान गर्ने भएको छ । समितिले शुक्रबार एक सूचना जारी गरेर लघु बीमाको लाइसेन्स लिन चाहानेले ३५ दिन भित्र आवेदन दिन भनेको हो ।
सूचनामा लाइसेन्स लिन चाहानले जोसुकैलाई लघुबीमा स्थापना सम्बन्धी निर्देशिका बमोजिम प्रस्ताव दर्ता गर्न आह्वान गरिएको छ । तोकिएको समय भित्र प्राप्त प्रस्तावहरु मध्ये सबैभन्दा उच्चतम अंक ल्याउने मध्येबाट तीन वटा जीवन बीमा र चार वटा निर्जीवन लघुबीमालाई लाइसेन्स वितरण गरिने सूचनामा जनाइएको छ ।
कूल ७५ करोड चुक्ता पुँजी भएको लघुबीमा कम्पनी काठमाडौं बाहिर कार्यालय राखी सञ्चालन गर्नुपर्नेछ । लघुबीमा कम्पनीको लाइसेन्स लिँदा क्रस होल्डिङ हुने गरी लगानी गर्न नपाइने व्यवस्था गरिएको छ ।
लघुबीमाको लाइसेन्स घुस सेटिङमा दिन लागेको भन्दै चौतर्फी आलोचनाका बीच बीमा समितिले लाईसेन्स वितरण गर्ने कार्य अघि बढाउन शुक्रबार सूचना प्रकाशित गरेको छ ।
















