Dhulikhel Eco Banner new

दुई इन्स्योरेन्स कम्पनीले कात्तिक ७ गतेबाट एकीकृत कारोबार गर्ने

4.56K
shares

काठमाडौं, १ कात्तिक । सानिमा जनरल इन्स्योरेन्स लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले कात्तिक ७ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन् ।

सानिमा जनरल इन्स्योरेन्स लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गर्न लागेका हुन् ।

असोज ११ गते सम्पन्न विशेष साधारणसभाले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरेको थियो ।
बीमा समितिले मर्जरका लागि दुबै इन्स्योरेन्सलाई असोज १४ गते र नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयले असोज २७ गते स्वीकृती प्रदान गरेको थियो ।