बीमा समिति बीमा प्राधिकरणमा रुपान्तरण
वि.सं.२०७९ कात्तिक २२ मंगलवार १०:३३
shares

काठमाडौं, २२ कात्तिक । बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले मंगलबारदेखि औपचारीक रुपमा बीमा प्राधिकरणका रुपमा काम सुरु गरेको छ । बीमा ऐन २०७९ कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण कामकारबाही प्राधिकरणमा रूपान्तरण भएको हो ।
बीमा समितिको कार्यालयमा बीमा प्राधिकरणको बोर्ड राखेर अध्यक्ष सूर्यप्रसाद सिलवाले समितिलाई प्राधिकरणमा रुपान्तरण भएको औपचारिक घोषणा गरेका हुन् । भदौ अन्तिममा संघीय संसद्बाट पारित भएको बीमा विधेयक असोज २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको थियोे ।
राष्ट्रपतिबाट प्रमाणीकरण भएको १ महिनामा लागू हुने कानुनी प्रावधानअनुसार मंगलबारदेखि नयाँ बीमा ऐन लागू भएको हो । बीमा ऐनमा समिति प्राधिकरण बन्ने व्यवस्था गरिएको छ । सन् १९९२ मा स्थापना भएको समिति ३० वर्षपछि प्राधिकरणमा रुपान्तरण भएको हो ।















