GBIME

यूनियन लाइफको लाभाशं संशोधन

906
shares

काठमाडौं, २ माघ । यूनियन लाइफ इन्स्योरेन्सले लाभाशं संशोधन गरेको छ । कम्पनीलाई नेपाल बीमा प्राधिकरणले बोनस शेयर परिमार्जन गरेर लाभाशं वितरण गनका लागि स्वीकृति दिएपछि दरमा परिमार्जन भएको हो ।

संशोधन भएको लाभाशं अनुसार कम्पनीले ८.९७ प्रतिशत बोनश शेयर वितरण गर्नेछ । कम्पनीले १२ पुसमा आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट ८.६५ प्रतिशत शेयर र ०.४५५३ प्रतिशत नगद लाभाशं दिने निर्णय गरेको थियो । तर नियमनकारी निकाय प्राधिकरणले परिमार्जन गरेर लाभाशं वितरण गर्न भनेपछि कम्पनीले सोही अनुसार बोनश वितरण गर्ने भएको हो ।

उक्त लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।