Dhulikhel Eco Banner new

सगरमाथा इन्स्योरेन्सको लाभांश संशोधन

5.29K
shares

काठमाडौं, २ माघ । सगरमाथा इन्स्योरेन्स कम्पनीको लाभांश संशोधन गरिएको छ । कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट १३.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो । जसमा १२.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६५७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेर बीमा प्राधिकरणमा पठाएको थियो ।

उक्त लाभांशलाई प्राधिकरणले संशोधन गर्दै हाल कायम रहेको चुक्ता पुँजीको १२.४० प्रतिशत बोनस शेयर र ०.६५२६ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृति दिएसँगै कम्पनीका शेयर धनीहरुले सोही अनुसारको लाभांश प्राप्त गर्ने भएका छन् । उक्त लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरिने छ ।