बीमा समितिका अध्यक्ष भन्छन्– जीआईसीको हकप्रद स्वीकृत हुँदैन
वि.सं.२०७९ जेठ १० मंगलवार ०६:०५
shares

काठमाडौं, ९ जेठ । नेपाल बिमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाले जनरल इन्सोरेन्स नेपाल लिमिटेडको हकप्रद शेयर स्वीकृत नहुने बताएका छन् । जनरल इन्स्यारेन्सले बीमा समितिको नीति विपरित ३० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको छ ।
नियामक निकायलाई नै ठाडो चुनौती दिदै हकप्रद जारी गर्ने निर्णय गराए पनि स्वीकृति भने नहुने अध्यक्ष सिलवालले बताए । सञ्चालक समितिले निर्णय गरे पनि बीमा समितिले स्वीकृति गरेर साधारणसभाले पारित गरेमात्रै हकप्रद जारी गर्न कम्पनीले पाउछ ।

अध्यक्ष सिलवालले पुँजी वृद्धिका लागि मर्जर पहिलो प्राथमिकतामा भएको भन्दै हकप्रद जारी गर्न नदिने बताएका छन् ।
‘उनीहरुले निर्णय गरेर बीमा समितिमा पठाएका छन् तर त्यो हामी स्वीकृत गर्दैनौँ,’ सिलवाले भने । अहिले सबै कम्पनीहरुको लाभांश क्षमता राम्रो नभएकाले पुँजी बढाउनका लागि भनिएको र त्यसका लागि अन्यसँग मर्ज गरेर आउन भनिएको उनले बताए । हकप्रद जारी गरेर शेयर बढाउँदा लाभाशं कम हुने भएकाले बिमा समितिले कडाई गरेको अध्यक्ष सिलवालको भनाइ छ ।















