निर्जीवन बीमा कम्पनीका सीईओ सहित माल्दिभ्स पुगे बीमा समितिका अध्यक्ष
वि.सं.२०७९ जेठ २० शुक्रवार १३:२३
shares

काठमाडौं, २० जेठ । सबै निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सहित बीमा समितीका अध्यक्ष सूर्य प्रसदा सिलवाल माल्दिभ्स पुगेका छन् । अध्यक्ष सिलवाल सहितिको जम्बो टोली मंगलबार माल्दिभ्स पुगेको हो ।
सो भ्रमाण टोलीका बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल र एक जना कर्मचारी तथा पुनर्बीमा कम्पनीका अध्यक्ष डा. रवीन्द्र घिमिरे लगायत अधिकाशं निर्जीवन बीमा कम्पनीका सिईओको सहभागिता रहेको छ ।
माल्दिभ्सको मालेमा हुने बीमा सम्बन्धी कार्यक्रममा भाग लिनका लागि उनीहरु त्यस तर्फ प्रस्थान गरेको बताइएको छ । अध्यक्ष सिलवाल सहितको टोलीले माल्दिभ्स मौद्रिक प्राधिकरणका अध्यक्ष (गभर्नर) सँग द्विपक्षीय भेटवार्ता समेत गरेका छन् ।
देशमा विदेशी मुद्राको सञ्चित घटीरहेको अवस्थामा बीमा समिति जम्बो टोली सहित विदेश भ्रमणमा निस्केको हो ।



















