Dhulikhel Eco Banner new

सूर्या र ज्योती लाईफबीच मर्जर सम्झौता हुँदै

11K
shares

काठमाडौं, १० असार । सूर्या लाईफ इन्सोरेन्स र ज्योती लाईफ इन्सोरेन्स कम्पनी मर्जर हुने भएका छन् । यि दुई कम्पनीमा क्रस होल्डिङ समस्या रहेको र बीमा समितिले मर्जरका लागि दबाब दिइरहेको थियो ।

यी दुई कम्पनीबीच आजै सम्झौता हुने सम्भावना रहेको सूर्या लाईफ इन्सोरेन्स स्रोतले जनाएको छ । केही गरी आज भएन भने सोमबारसम्म मर्जरका विषयमा सम्झौता हुने बताइएको छ ।

यता बीमा समितिले पनि क्रसहोल्डिङको समस्या भएकाहरुलाई मर्जर जानका लागि दवाव दिइरहेको थियो । क्रसहोल्डिङ घटाउनका लागि भनिएको र यसका लागि उपयुक्त विकल्प मर्जर हुने बीमा समितिका अध्यक्ष सूर्यराज सिलवालले बताएका छन् ।