Dhulikhel Eco Banner new

१८ महिनामा ६७५ विदेशी नागरिक निष्कासन

1.13K
shares

काठमाडौं, १२ जेठ । अध्यागमन विभागले पछिल्लो झण्डै १८ महिनाको अवधिमा ६७५ विदेशी नागरिकलाई निष्कासन गरिएको जनाएको छ। अवैध रूपमा नेपालमा बसोबास तथा काम गर्दै आएका विदेशी नागरिकलाई कानुनी प्रक्रिया पूरा गरी निष्कासन गरिएको विभागले जनाएको हो।

मंगलबार आयोजित ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सम्बन्धी एकदिने अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा विभागले उक्त जानकारी सार्वजनिक गरेको हो। कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

विभागका अनुसार सन् २०२५ मा अवैध रूपमा काम गर्ने ५२३ विदेशी नागरिकलाई निष्कासन गरिएको थियो। त्यस्तै, सन् २०२६ को मे २५ सम्म थप १५२ जना विदेशी नागरिक निष्कासनमा परिसकेका छन्।

अध्यागमन सुधार तथा नियमनलाई प्रभावकारी बनाउन हाल देशभरका १८ वटा कार्यालयमार्फत सेवा तथा निगरानीको काम भइरहेको विभागले जनाएको छ। विभागले विदेशी नागरिक व्यवस्थापनलाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले सूचना प्रणालीलाई प्रभावकारी रूपमा सञ्चालन गरिरहेको पनि जनाएको छ।