Dhulikhel Eco Banner new

दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक

728
shares

काठमाडौं, १ असार । सोमवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १२.२६ अंकले घटेर २७११.७६ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ७३ कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको शेयर मूल्य घटेको छ भने १२ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ४१ करोड कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा सोपान फार्मास्यूटिकल्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि एपोलो हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् भने सयपत्री हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ४.८२ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि १० प्रतिशत एनआईसी एशिया डिबेन्चर २०८५/८६का लगानीकर्ताले ४.१८ प्रतिशतका दरले कमाएका छन् भने एसवाई प्यानल नेपाल लिमिटेडका लगानीकर्ताले ४.१३ प्रतिशतका दरले कमाएका छन् ।